Public health has been described as "the science and art of preventing disease, prolonging life and promoting health through the organized efforts and informed choices of society, organizations, public and private, communities and individuals." |
जन-स्वास्थ्यलाई "समाज, संगठनहरू, सार्वजनिक तथा निजी, समुदायहरू र व्यक्तिहरूका संगठित प्रयासहरू तथा सूचित विकल्पहरूका माध्यमबाट रोगलाई रोकथाम गर्ने, जीवनलाई दिर्घायु बनाउने र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने विज्ञान तथा कला" का रूपमा वर्णन गरिएको छ। |
It is concerned with threats to the overall health of a community based on population health analysis. |
यो जनसँख्याको स्वास्थ्य विश्लेषणमा आधारित कुनै समुदायको समग्र स्वास्थ्यमा हुने खतराहरूसँग चिन्तित रहेको छ। |
The population in question can be as small as a handful of people or as large as all the inhabitants of several continents (for instance, in the case of a pandemic). |
विचाराधीन जनसँख्या मुट्ठीभरिका मानिसहरू जति सानो वा विभिन्न महादेशहरूका सम्पूर्ण बासिन्दाहरू जति विशाल हुनसक्छ (उदाहरणका लागि, कुनै महामारीको मामिलामा)। |
Public health has many sub-fields, but typically includes the interdisciplinary categories of epidemiology, biostatistics and health services. |
जन-स्वास्थ्यका धेरै उप-क्षेत्रहरू छन् तर सामान्यतया यसमा महामारी विज्ञान, जैविक-तथ्याङ्कहरू र स्वास्थ्य सेवाहरूको अन्तरविषयक
श्रेणीहरू समावेश छन्। |
Environmental health, community health, behavioral health, and occupational health are also important areas of public health. |
वातावरणीय स्वास्थ्य, सामुदायिक स्वास्थ्य, व्यवहारिक स्वास्थ्य, र व्यावसायिक स्वास्थ्य पनि जन-स्वास्थ्यका महत्त्वपूर्ण क्षेत्रहरू हुन्। |
The focus of public health interventions is to prevent and manage diseases, injuries and other health conditions through surveillance of cases and the promotion of healthy behavior, communities, and (in aspects relevant to human health) environments. |
जन-स्वास्थ्य हस्तक्षेपहरूको केन्द्र-बिन्दु भनेको अवस्थाहरूको निगरानी र स्वस्थ व्यवहार, समुदायहरू, तथा (मानव स्वास्थ्यसँग सम्बन्धित पक्षहरूमा) वातावरणको प्रवर्द्धनको माध्यमबाट रोगहरू, चोटपटकहरू र अन्य स्वास्थ्य स्थितिहरूलाई रोकथाम तथा व्यवस्थापन गर्नु हो। |
Its aim is to prevent health problems from happening or re-occurring by implementing educational programs, developing policies, administering services and conducting research. |
यसको उद्देश्य शैक्षिक कार्यक्रमहरूलाई लागू गरेर, नीतिहरूको विकास गरेर, सेवाहरूलाई व्यवस्थापन गरेर र अनुसन्धानलाई सञ्चालन गरेर स्वास्थ्य समस्याहरूलाई उत्पन्न हुन वा पुन: उत्पन्न हुनबाट रोकथाम गर्नु हो। |
In many cases, treating a disease or controlling a pathogen can be vital to preventing it in others, such as during an outbreak. |
धेरै मामिलाहरूमा, कुनै रोगको उपचार गर्नु वा रोगाणुलाई नियन्त्रण गर्नु अरू मानिसहरूमा यसलाई रोकथाम गर्नका लागि महत्त्वपूर्ण हुन सक्छ, जस्तो कि कुनै प्रकोपको समयमा। |
Vaccination programs and distribution of condoms to prevent the spread of communicable diseases are examples of common preventive public health measures, as are educational campaigns to promote vaccination and the use of condoms (including overcoming resistance to such). |
खोप कार्यक्रमहरू र सरुवा रोगको फैलावट रोक्न कण्डमको वितरण सामान्य निवारक जन-स्वास्थ्य उपायहरूका उदाहरणहरू हुन्, जस्तो कि खोप तथा कण्डमको प्रयोगलाई प्रवर्द्धन गर्नका लागि शैक्षिक अभियानहरू (यस्तो प्रकारको प्रतिरोधलाई जित्नु सहित)। |